सबैजनालाई नमस्कार !!!
यस विश्वब्यापी महामारी कोरोना भाइरस बाट गत केहि साल देखि राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा अत्यन्त प्रभाब भईरहेको सर्बबिधितै छ । विशेषगरी हाम्रो नेपाल, गरिब र अबिकसित देश भनि पिछिडिएका मुलुकको रुपमा परिचित हुँदा हुँदै पनि अझ भिबिन्न दैविक प्रकोप भूकम्प, भारि बर्षात, पहिरो र अहिले विश्व प्रख्यात कोरोना भाइरसका कारण नेपालमा पनि सरकार द्वारा जारि गरिएको लकडाउनले निकै नै कठिन अवस्था बनइरहँदा बिपन्न परिवारका दैनिक ज्यालादारी, सानोतिनो ब्यापारी र पर्यटन क्षेत्रको मजदुरहरु अत्यन्त पिडित भएको महशुस हामीले गरिरहेका छौं । त्यसर्थ २०७७ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा विधिवत रुपमा दर्ता गरिएको यस गैरसरकारी संस्था नेपालका लागी योजना (Plans For Nepal) द्वारा पहल गरि बिदेशी संस्था एस्सोशिएसन् मानि पर इल नेपाल-स्विजरल्याण्ड (Associazione Mani Per il Nepal-Switzerland) मार्फत आर्थिक सहयोग लिई यस विषम परिस्थिति बाट गुजिरिरहेका बिपन्न परिवारहरु विशेषगरि हाम्रो संखुवासभा जिल्लाबासी लगायत अन्य जिल्लाका केहि व्यक्ति/परिवार हरुलाई मलमपटीको रुपमा सहयोग गर्ने निर्णय भएको हुँदा यथासिघ्र व्यक्ति/परिवारको नामहरु संकलन गरि २०७८/०२/२८ गते बाट काठमाडौँ भ्याली भित्र विभिन्न स्थानहरुमा बसोबास गरिरहेका दाजुभाई तथा दिदीबहिनीहरुलाई खाद्यन्न राहत वितरण गरि निरन्तर २०७८/०३/०३ गते सम्ममा जम्मा ६०० परिवार हरुलाई तपसिल बमोजिम वितरण गरि कार्यक्रम सम्पन्न भएको छ । राहत वितरण कार्यक्रम यसै संस्थाका सम्पूर्ण कार्यसमिति टिम द्वारा भएको छ । यस विषम परिस्थितिमा आर्थिक सहयोग गर्नु भई ठुलो योगदान गर्नुहुने एस्सोशिएसन् मानि पर इल नेपाल-स्विजरल्याण्ड बिदेशी संस्थालाई हाम्रो संस्था नेपालका लागी योजनाका टिम लगायत सम्पूर्ण संखुवासभाली र अन्य जिल्लाबासीहरुको तर्फबाट हृदय देखि नै अनगिन्ती धन्यवाद दिन चाहान्छौ ।
प्रत्यक परिवारलाई वितरण गरिएका खाद्यान्न सामाग्रीहरु यस प्रकार छन्:
नाम संकलन र स्वयंसेवी गरि महत्वपुर्ण सहयोग गर्नुहुने सबै परिचित व्यक्तित्वहरुमा यस संस्थाको तर्फबाट मुरी मुरी धन्यवाद दिन चाहान्छौ । अन्तमा, सम्पूर्ण सहयोगी हातहरुलाई म दावा शेर्पा- नेपालका लागी योजना अध्यक्षको तर्फबाट हृदय देखिनै धन्यवाद दिन चाहान्छु ।
२०७८/०३/०४ गते
कागेश्वरी मनोहरा-५ थली, काठमाडौँ नेपाल