समाचार

सर्जिकल मास्क वितरण

सर्जिकल मास्क वितरण
सर्जिकल मास्क वितरण
20-Dec 2020

यस विश्वब्यापी कोरोना भाइरसको महामारी बाट बिस्व नै उथल पुथल बनाएको अवस्थामा हाम्रो Association Mani per il  Nepal - Switzerland को सचिब लारा एम्ब्रोसेटि ले कोरोना भाइरसको संक्रमित हुन बाट केहि मात्रामा भए पनि बचाउनका निमित्त पहल गरि जम्मा ३०० बक्स मास्क कास्टाग्नोला, लुगानो स्विजरल्याण्ड का श्री रोबर्टो अर्बन ज्युले यस नेपालका लागी योजना संथालाई सहयोग गर्नु भएको छ र ३०० बक्स मास्क मध्य २४३ बक्स कगेस्वरी मनहरा-१ गागलफेदी, श्री बाल उद्धार माध्यमिक बिद्यालयमा, सिक्षक, सिक्षिका, बिद्यार्थी लगायत सम्पूर्ण त्यस बिद्यालयका अबिभाबकहरुलाई वितरण  गरिएको छ । 

उक्त बाँकी रहेको मास्क गोकर्नेस्वोर पाथिभरा, काठमाडौँ स्थित यमुना बाल गृह र मकालु-२ गाउपलिका संखुवासभा, मकालु स्वास्थ्य चौकीलाई वितरण गर्ने छौ । सम्पूर्ण गागलफेदी बासि, यमुना बालगृह, मकालु स्वास्थ्य चौकी लगायत यस संस्थाका कार्यसमितिको तर्फ बाट सहयोगी दातालाई मुरी मुरी धन्यवाद दिन चाहान्छौ साथै यसैगरी आउँदो दिनहरुमा पनि साथ, सहयोग र माया गरिदिनु हुन्छ भनि पूर्ण आशा राख्दाछौ ।

यस महामारीमा हामीलाई आबस्यक परेकाहरुलाई मलमपट्टी लगाउने जुन अवसर दिनुभएको छ सदैभ आभारी रहनेछौ ।
नेपालका लागी योजना- कार्यसमिति